Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना

कोरोना मुक्त हुने दर बढ्यो ८१ प्रतिशतभन्दा बढी

कोरोना मुक्त हुने दर बढ्यो ८१ प्रतिशतभन्दा बढी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २३, २०७७ आइतवार • १९:१५:३८ बजे
  • 1.3K
    SHARES
  • कोरोना मुक्त हुने दर बढ्यो ८१ प्रतिशतभन्दा बढी

    आज सम्मको तथ्यांक अनुसार नेपालमा ८१.१ प्रतिशत संक्रमित कोरोनामुक्त भएका छन् ।अहिले सम्म कुल १ लाख ५७ हजार ९२६ जना संक्रमित मुक्त भएर घर फर्किसकेका छन् । आज मात्रै पनि २८१२ जनाले कोरोना जीतेर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।नेपालका कोरोना संक्रमण मुक्त हुने दर दक्षिण एशियामै सबै भन्दा कम रहेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २८ सय १७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ९४ हजार ४६३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । आज १२ हजार ३११ जनामा गरिएको परीक्षणमा ती संक्रमित देखिएका हुन् ।आज थपिएका मध्य उपत्यकामा १४३३ जना संक्रमित थपिएका छन् । जस मध्य काठमाण्डौमा १२९४, भक्तपुर ७७ र ललितपुरमा १६२ जना थपिएका छन् ।

    images

    देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ रहेको छ। संस्थागत आईसोलेसनमा ६ हजार २२२ जना रहेका छन् । होम आईसोलेसनमा २९ हजार १९७ जना रहेका छन् । क्वारीन्टीनमा एक हजार १४९ जना रहेका छन् ।

    २४ घण्टामा कोरोनाका कारण २१ जनाले ज्यान गुमाएका छन् । हाल सम्म कोरोनोका कारण मृत्यु हुनेको संख्या ११ सय ८ जना पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology