Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जातीय विभेद गर्ने, आफ्नै परिवारलाई बुहारीले हालिन् छुवाछूतको मुद्दा

जातीय विभेद गर्ने, आफ्नै परिवारलाई बुहारीले हालिन् छुवाछूतको मुद्दा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २३, २०७७ आइतवार • २३:०७:३८ बजे
  • 11.5K
    SHARES
  • जातीय विभेद गर्ने, आफ्नै परिवारलाई बुहारीले हालिन् छुवाछूतको मुद्दा
    मयूरपाटी-  दलित भित्रको जातीय विभेद र छुवाछूत जहाँ आफ्नो परियार थरको बुहारीलाई आफ्नो ससुराको काजकिरियामा संगै परिवारसंग नराखे पछि घटना बाहिर आएको थियोे ।                                                                  received_2421689151459995.jpeg
    उक्त घटनामा कोपिला बर्देवाले आफ्नो श्रीमान, जेठाजु लगाएत सबै ६ जनाको परिवारलाई आफुलाइ परिवारले दमिनी भनी स्वीकार नगरेको र सानोजात भनी ससुराको काजकिरियामा समेत घरमा काजकिरिया गर्न नदिएको र  आफुमाथी जातीय विभेद भएको भनी जातीय भेदभाव तथा छुवाछूत कसुर अन्तर्गत पीडित कोपिला बर्देवा बाट जाहेरी दर्खास्त दिन पीडितलाई  निरु परियार , रन्जित परियार ,हुकुम नेपाली ,जुनु महरा , हरि पोखरेल सहितको  टिमले सहयोग गरि ईलाका प्रहरी कार्यलय उर्लाबारीमा जातीय विभेद तथा कसुर र सजाय ऐन २०६८ अन्तर्गत हुने गरि मुद्दा दर्ता गरेको दिपक चैतन्यले मयूरपाटी डिजिटल पत्रीकालाई जानकारी दिए ।             
                        यसरी भएको थियो विभेदको घटना  !   
                                received_1242038222863263.jpeg      
               
    मोरङको उर्लाबारीमा दलित समुदायभित्रकै विश्वकर्मा थरका एक परिवारले सानो जातको भन्दै परियार थरकी बुहारीलाई  काजकिरिया गर्नबाट रोक लगाएका थिए  । दश वर्षअघि विश्वकर्मा थरका पुरुषसँग विवाह गरेकी उर्लाबारी नगरपालिका– २ सुनझोडा माइती भएकी ३० वर्षीया कोपिला बर्देवा (परियार) श्रीमानको परिवारले  स्वीकार नगरेपछि अलग्गै घरमा बसेर ससुराको काजकिरिया बसेको समाचार बाहिर आएको थियो  ।                                                                      received_1042924356132311.jpeg

    उर्लाबारी नगरपालिका– ४ आइतबारेका नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा नेपाल दलित संघका केन्द्रीय सदस्य ७० वर्षीय भीमराज गहतराजको १३ कात्तिकमा मृत्यु भएको थियो । गहतराजको मृत्युपछि उनका चार भाइ छोरा, बुहारीहरू र श्रीमती सगोलमा काजकिरियामा बसिरहेका छन् । तर, कान्छो छोरा दिवस गहतराज (३६) की कान्छी श्रीमती कोपिला बर्देवा (३०) लाई चाहिँ उनीहरूले सानो जातको भन्दै अभद्र व्यवहार गर्दै घरभित्र छिर्न दिएनन् । ससुराको काजकिरिया गर्न मूलघर पुगेकी कान्छी बुहारी कोपिलालाई परिवारले अभद्र व्यवहार गरेपछि उनी बक्राहा खोला किनारको अलग्गै घरमा एक्लै बसेर ससुराको काजकिरिया बारिरहेकी थिइन । ससुरा भीमराजले बुहारी स्वीकार गर्दै बक्राहा खोला किनारको घर बस्नका लागि वर्षौँअघि नै दिएका थिए । तर, राजनीतिक सक्रियता र समाजसेवाका लागि उनी उर्लाबारी नपा २ सुनझोडास्थित माइतमै बस्दै आएकी थिइन् ।   
                                              received_819065148913339.jpeg

    ससुराको असामयिक निधन भएपछि कोपिला श्रीमानसँगै  काजकिरिया गर्न आइतबारेस्थित मूलघर पुगेकी थिइन् । तर, जेठाजु, सासू र जेठानीले अभद्र व्यवहार गर्दै ‘तँ को होस् हामी तँलाई चिन्दैनौँ’ भन्दै गालीगलौज र हातपात गर्दै काजकिरियाबाट वञ्चित गराएका थिए । स्नातक तहसम्म अध्ययन गरेकी कोपिला नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघ उर्लाबारी नगर कोषाध्यक्ष हुन् । उनलाई  काजकिरिया गर्नबाट वञ्चित गर्ने जेठाजु दिनेश गहतराज दलित संघ उर्लाबारीका नगर अध्यक्ष हुन् ।

    जातीय छुवाछुत कसुर सजाय ऐन, २०६८ अनुसार कसैले पनि जात, वर्ण, पेसाका आधारमा कसैलाई पनि विभेद गर्न पाइँदैन । सार्वजनिक र निजी क्षेत्रमा मात्र नभएर सामाजिक र सांस्कृतिक कार्यमा जातीय विभेद र छुवाछुत गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद सजाय र ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना अनि पीडितलाई बिगोअनुसारको क्षतिपूर्तिको व्यवस्था छ । भिमलाल गहतराजकाे मृत्य संस्कारमा निकृष्ट रूपमा देखियाे।जहाँ काेपिलालाई सयुक्त काज किरिया गर्न दिईएन।आजकाे समयमा समतामूलक समाज निमार्ण गर्न याे बिभेदकाे घटनाले उपहास गरेकाे छ।

  • सम्बन्धित विषय:

  • # समाज
  • # जातिय बिभेद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology