Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दिल्ली पहिलाे पटक आइपिएलकाे फाइनलमा

दिल्ली पहिलाे पटक आइपिएलकाे फाइनलमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २४, २०७७ सोमवार • ०८:०२:११ बजे
  • 2.1K
    SHARES
  • दिल्ली पहिलाे पटक आइपिएलकाे फाइनलमा
    युएइमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स फाइनलमा प्रवेश गरेकाे छ ।
    पहिलाे पटक आइपिएलकाे फाइनलमा पुग्ने क्रममा दिल्लीले आइतबार दाेस्राे क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गरेकाे हाे । १ सय ९० रनकाे चुनाैती पछ्याउने क्रममा हैदराबादले १ सय ७२ रन मात्र बनाउन सक्याे ।

    हैदराबादका केन विलियम्सनले ६७, अब्दुल सामदले ३३, मनिष पाण्डेले २१, प्रियम गार्गले १६ तथा ज्यासन हाेल्डर र राशिद खानले समान ११-११ रन जाेडे पनि टाेलीलाई जित दिलाउन भने सकेन । दिल्लीका कगिसाे रबडाले ४, मर्कूस स्टाेइनिसले ३ तथा अक्षर पटेलले १ विकेट हात पारे ।

    यसअघि, अबुधाबीस्थित शेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटकाे क्षतिमा १ सय ८९ रन बनाएको थियो । आजको खेलमा दिल्लीलाई ओपनर शिखर धवन र मर्कूस स्टोइनिसले राम्रो सुरुवात दिलाएका थिए । उनीहरुले पावरप्लेमा मात्र ६५ रन जोडेका थिए । साथै, उनीहरुले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरे । स्टोइनिसले आउट हुन अघि स्टोइनिसले ३८ तथा धवनले ७८ रन बनाएका थिए ।

    यस्तै, श्रेयास आयरले २१ तथा शिम्राेन हिटमेयरले अविजित ४२ रनकाे पारी खेले । पहिलाे क्वालिफायरमा दिल्ली मुम्बइ इन्डियन्ससँग ५७ रनले पराजित भएकाे थियाे भने हैदराबादले राेयल च्यालेञ्जर्स बेङ्गलाेरमाथि एलिमिनेटरमा ६ विकेटले विजयी हुँदै क्वालिफायरमा छनाेट भएकाे थियाे । दिल्लीले डिफेन्डिङ च्याम्पियन मुम्बइसँग उपाधिका लागि मंगलबार दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमा भिड्नेछ ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology