Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शिक्षण अस्पतालमा कोरोनाबाट दुई पुरुषको मृत्यु

शिक्षण अस्पतालमा कोरोनाबाट दुई पुरुषको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २४, २०७७ सोमवार • १३:१६:०४ बजे
  • 1.3K
    SHARES
  • शिक्षण अस्पतालमा कोरोनाबाट दुई पुरुषको मृत्यु

    त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको निधन भएको छ । अस्पतालमा काठमाडौंका ४९ वर्षीय पुरुष र रामेछापका २० वर्षीय युवकको मृत्यु भएको छ ।

    images

    ती पुरुषलाई निमोनिया भएको थियो । अस्पतालमा कोभिड निमोनियाको उपचार गराइरहेको उनको निधन भएको अस्पतालले जनाएको छ ।

    यस्तै डायबिटिजको समस्या भएका युवकको उपचारको क्रममा मृत्यु भएको अस्पतालको कोरोना फोकल पर्सन डा. सविन थपलियाले जानकारी दिए ।

    कार्तिक १२ गते अस्पताल भर्ना भएका उनमा सुरुमा कोभिड टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । छातिमा दाग, डायबिटिज र किड्नीसमेत सामान्य समस्या आएको उनमा हिजो परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology