Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना खोपको परीक्षणमा ठूलो सफलता

खुसीको खबर कोरोना खोपको परीक्षणमा ठूलो सफलता,९० प्रतिशत भन्दा बढी मानिसहरुलाई कोरोना संक्रमणबाट बचाउन सकिने

खुसीको खबर कोरोना खोपको परीक्षणमा ठूलो सफलता,९० प्रतिशत भन्दा बढी मानिसहरुलाई कोरोना संक्रमणबाट बचाउन सकिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २४, २०७७ सोमवार • १९:५३:३३ बजे
  • 4.1K
    SHARES
  • खुसीको खबर कोरोना खोपको परीक्षणमा ठूलो सफलता,९० प्रतिशत भन्दा बढी मानिसहरुलाई कोरोना संक्रमणबाट बचाउन सकिने

    कोरोना भाइरसविरुद्धको पहिलो प्रभावकारी खोपले ९० प्रतिशत भन्दा बढी मानिसहरुलाई कोरोना संक्रमणबाट बचाउने एक प्रारम्भिक विश्लेषण देखाएको छ ।अमेरिकी विकासकर्ताहरू (फाइजर र बायोटेक) ले यसलाई विज्ञान र मानवताका लागि महान दिनको रूपमा वर्णन गरेको छ । उनीहरुको ति खोपहरु ४३ हजार ५ सय मानिसहरुमा ६ वटा देशहरुमा परीक्षण गरिएको र कुनै प्रकारको असुरक्षाको चिन्ता खडा नभएको जनाइएको छ ।

    images

    कम्पनीहरूले महिनाको अन्त्यसम्म खोप प्रयोग गर्न आपतकालीन अनुमोदनको लागि आवेदन गर्ने योजना बनाएका छन् । विश्वभर दर्जनौ खोपहरु अन्तिम चरणमा रहेका छन् । जसमध्ये परिणामहरू देखाउन यो पहिलो खोप रहेको जनाइएको छ।

    यो पूर्णरुपमा प्रयोगात्मक दृष्टिकोण प्रयोग गर्दछ । जसमा भाइरसको आनुवंशिक कोडको अंश इन्जेक्सन समावेश गर्दछ । हालसम्म संयुक्त राज्य अमेरिका , जर्मनी , ब्राजिल , अर्जेन्टिना , दक्षिण अफ्रिका र टर्कीमा गरिएको यो खोपको परीक्षणमा ९० प्रतिशत सफलता हात परेको खोप विकासकर्ताहरुको दावी छ ।

    यसै बर्षको अन्त्यसम्ममा ५ करोड प्रति खोप उत्पादन गर्ने लक्ष्य पनि विकासकर्ताहरुको भनाइ छ । यो खोपको विकास र सफलता सुन्दा पनि मन रमाएको र यो समाचारले एक कानले अर्को कानमा खुसीको सञ्चार गराउने अक्सफोर्डका प्रोफेसर पिटर हर्बीको भनाइ छ ।
    बीबीसीबाट

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology