Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालमा कोरोना संक्रमितको उपचार रोबोर्टबाट

नेपालमा कोरोना संक्रमितको उपचार रोबोर्टबाट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २५, २०७७ मंगलवार • ०९:२१:१५ बजे
  • 1.5K
    SHARES
  • नेपालमा कोरोना संक्रमितको उपचार रोबोर्टबाट

     मध्यपुर थिमि नगरपालिकाले नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा कोरोना भाइरस सङ्क्रमितको उपचारमा नर्सिङ रोबर्ट प्रयोग गर्दै आएको छ ।

    अस्पतालमा उपचारार्थ कोरोना सङ्क्रमितका लागि नर्सिङ रोबर्ट सारथि बन्नुका साथै यसको प्रयोगले अस्पतालका स्वास्थ्यकर्मी लगायत अन्य व्यक्तिका लागि सहज भएको छ ।कोरोना सङ्क्रमितसँग डाक्टर, नर्स लगायतका अन्य व्यक्तिको सम्पर्क कम होस् भन्नका लागि नगरपालिकाले नगर अस्पतालमा नर्सिङ रोबर्ट प्रयोगमा ल्याएको हो ।

    अस्पतालले नर्सिङ रोबर्ट सञ्चालनमा ल्याएसँगै डाक्टर, नर्स र अस्पतालमा सेवा लिन आउने व्यक्तिले सुरक्षित महसुस गरेका छन् । सङ्क्रमितलाई आवश्यक पर्ने खाना, पानी, लत्ताकपडा, औषधि लगायतका वस्तु बाहिर ढोकैमा राख्ने र निर्देशन अनुसार रोबर्टले ढोकादेखि बिरामीको बेडसम्म पु¥याउने गरेको मध्यपुर थिमि नगरपालिकाले जनाएको छ ।

    images

    मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अस्पतालमा नर्सिङ रोबर्टको प्रयोगले सङ्क्रमितलाई सामान पु¥याउन र औषधि प्रयोग गर्न सहज भएको बताए । रोबर्टमार्फत सेवा दिने यो नेपालकै पहिलो अस्पताल भएको दाबी गरिएको छ ।

    उनले भने, “नेपालकै इन्जिनियरले बनाएको नर्सिङ रोबर्टको प्रयोगले अस्पतालमा स्वास्थ्यकर्मीलाई सहयोग पुगेको छ, रोबर्टको प्रयोगले सङ्क्रमितको उपचारमा सारथि बन्दै गएको छ ।” आगामी दिनमा रोबर्टको प्रयोगलाई थप प्रभावकारी बनाउने अस्पतालले तयारी गरेको छ । गोरखापत्र दैनिकबाट

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology