पछिल्लो २४ घन्टामा २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा ५ सय ८३ जना कोरोना मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ७ सय ३६ जनासहित देशभर संक्रमितको संख्या १ लाख ९९ सय हजार ७ सय ६० पुगेको छ । संक्रमितमध्ये १ लाख ६० हजार ५ सय ७७ जना कोरोना मुक्त भएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा २२ जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ४८ पुगेको छ ।