त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १ महिलासहित ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । १ महिला र ४ जना पुरुषसहित ५ जनाको मृत्यु भएको अस्पतालको कोरोना फोकल पर्सन डा. सविन थपलियाले जानकारी दिए ।
उक्त महिला सिन्धुपाल्चोकको रहेकी छिन् । भने अरु ४ जना पुरुष सबै काठमाडौंका रहेका छन् । सिन्धुपाल्चोकको ७४ वर्षीय महिलामा किड्नीको समस्या रहेको थियो ।
त्यस्तै काठमाडौंका ६० वर्षीय पुरुषमा प्रेसर, सुगर तथा किड्नीको समस्या रहेको डा. थपलियाले बताए । अर्का ७६ वर्षीय पुरुषमा कोलेस्ट्रोल, ६० वर्षीय पुरुषमा किड्नी र ५९ वर्षीय पुरुषमा दमको समस्या रहेको उनले बताए ।