Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भ्याक्सिन

रुसमा कोरोनाविरुद्धको तेस्रो खोप तयार हुँदै,पहिलो खोप ‘स्पुतनिक भी’ ९२ प्रतिशत सफल भएको रुसको दावी

रुसमा कोरोनाविरुद्धको तेस्रो खोप तयार हुँदै,पहिलो खोप ‘स्पुतनिक भी’ ९२ प्रतिशत सफल भएको रुसको दावी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०७७ बिहिवार • ०८:३८:३७ बजे
  • 1.5K
    SHARES
  • रुसमा कोरोनाविरुद्धको तेस्रो खोप तयार हुँदै,पहिलो खोप ‘स्पुतनिक भी’ ९२ प्रतिशत सफल भएको रुसको दावी
    एजेन्सी । विश्वमै सबैभन्दा पहिलो कोरोना भाइरसविरुद्धको खोप तयार पारेको दावी गर्दै आएको रुसले आफ्नो पहिलो खोप स्पुतनिक भी ९२ प्रतिशत सफल रहेको दावी गरेको छ । रुसको दावी अनुसार अन्तरिम परीक्षणबाट स्पुतनिक भी खोप ९२ प्रतिशत सफल सावित भएको हो । यसअघि सोमबार फाइजर र बायोटकले पनि आफ्नो खोप ९० प्रतिशत सफल सावित भएको बताएको थियो ।
    हाल स्पुतनिक भी खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण जारी रहेको छ । बेलारुस, यूएई, भेनेजुयला, भारतलगायतका देशमा तेस्रो चरणको परीक्षण चलिरहेको अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ । रुसले अहिलेसम्म तीन वटा खोप बनाएको दावी पनि गरेको छ । रुसले अगस्तमा पहिलो खोप अर्थात स्पुतनिक भी बनाएको थियो ।
    यसपछि १४ अक्टोबरमा दोस्रो खोप एपिभेककोरोना बनाएको थियो । त्यस्तै अहिले तेस्रो खोप पनि बनाएको रुसले दावी गरेको छ । रुसको चुमाकोभ सेन्टर अफ रसियन एकेडेमी अफ साइन्सेजले तेस्रो खोप बनाएको हो । यो खोपले यही बर्षको डिसेम्बरसम्ममा परीक्षणको अनुमति पाउने जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology