Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना भाइरसको संक्रमणबाट ३२ वर्षीया महिलाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट ३२ वर्षीया महिलाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०७७ बिहिवार • ११:२५:१४ बजे
  • 1.3K
    SHARES
  • कोरोना भाइरसको संक्रमणबाट ३२ वर्षीया महिलाको मृत्यु

    कोरोना भाइरसको संक्रमणबाट ३२ वर्षीया महिलाको मृत्यु भएको छ । बाँकेको कौशिलानगरकी ३२ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

    images

    स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई कात्तिक २५ गते अस्पताल भर्ना गरिएको थियो । उनको हिजो कोरोना पुष्टि भएको र गएराति १२:१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

    एन्टिबायोटिक, अक्सिजन, सिप्याप लगाएतका सबै प्रकारको आवश्यक सपोर्टिभ बिधिबाट उपचार गर्दादर्दै गएराती १२:१५ बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

    ती महिलामा पहिले कुनै पनि दीर्घ रोग नभएको परिवारका सदस्यले बताएका छन् । कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या बाँकेमा ३६ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology