Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतमा नेपाली महिला पक्राउ

भारतमा नेपाली महिला पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०७७ बिहिवार • ११:५८:४७ बजे
  • 1.9K
    SHARES
  • भारतमा नेपाली महिला पक्राउ

    भारतमा गैरकानुनीरुपमा बसेको भन्दै एक नेपाली महिलालाई गिरफ्तार गरिएको छ । भारतको पुनेस्थित कलेज अफ मिलिटरी इन्जिनियरिङको हाताभित्र गैरकानुनी रुपमा बसेको भन्दै ती नेपाली महिलालाई पुलिसले गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    images

    नवलपरासी स्थायी ठेगाना भएकी २६ वर्षीया महिलालाई एक आर्मी अफिसरको निवासमा बसेको भन्दै अनुसन्धान सुरु गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ती महिलाले मार्च २३ मा पर्खाल नाघेर बसेको बयान पुलिसलाई दिएकी छन् ।

    आर्मी अफिसर र महिलाबीच परिसर बाहिर भेट भएको अनुसन्धानमा खुलेको छ । महिलालाई मंगलबार अदालतमा पेश गरिएको छ । आर्मी अफिसरको संलग्नताका विषयमा पनि अनुसन्धान सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology