म्याग्दी जिल्ला मालिका गाउँपालिका दिच्याममा राजकुमार निउरे बिगत ७ वर्षदेखि साउदी अरबको जेल जीवन बिताइरहेका थिए ।
म्यग्देली लगायत नेपालीहरुको सहयोगले आज फ्लाई दुबईको फ्लाइट बाट नेपाल फर्कन सफल भएका छन । करिब १ बर्ष अगाडिदेखि म्याग्दी प्रवासी नेपाली संघ (मोना) आइ सी. र मोना राष्ट्रिय कार्यकारी समिति, मोना साउदी अरबको सयुक्त राजकुमार "बचाउ तथा उद्दार अभियान" संचालन गरेको थियो ।
ब्लड मनिको लागि आवश्यक पर्ने, २० लाख रुपियाँ मध्य १५ लाख मोना आ .इ. सि र मोना राष्ट्रिय कार्यकारी समिति,मोना साउदी अरबको सहयोग संकलन बाट जुटेको मोना साउदी अरबका सचीव तिलक पुनमगरले बताए । नेपाली दूतावास साउदी अरबको विशेष सहयोग र विश्वभर रहेका म्याग्देली लगायत नेपालीहरुको सहयोगले गर्दा नेपाल फिर्ता गर्न सकियो ।
हामिले एउटा परिवारको खम्बा बचाउन सफल भएका छौ । मोना राष्ट्रिय कार्यकारी समितिहरुले आर्थिक संकलन गरि मोना आ .इ .सिको खातामा जम्मा गरेर तत्काल रु १५ लाख ब्लड मनिको लागि पैसा बुझाएको थियो । साथै हाल प्लेन टिकटको रकम ब्यवस्थापन गरेको सुबोध बरुवाले जानकारी दिए