कोरोना भाइरसको संक्रमणबाट १९ वर्षीया युवतीको मृत्यु भएको छ । उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिहान मृत्यु भएको हो ।
सुनसरीको बराह–५ की १९ वर्षीया युवतीको बिहान ४ः३० बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।
युवतीमा पहिले पनि स्वास्थ्य समस्या भएको जानकारी दिँदै श्रेष्ठले नियमानुसार शव व्यवस्थापनको तयारी भएको बताएका छन् ।