Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा १४७७ जनामा कोरोना संक्रमण : २७९८ जना कोरोना मुक्त

पछिल्लो २४ घन्टामा १४७७ जनामा कोरोना संक्रमण : २७९८ जना कोरोना मुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३०, २०७७ आइतवार • १७:२३:५९ बजे
  • 763
    SHARES
  • पछिल्लो २४ घन्टामा १४७७ जनामा कोरोना संक्रमण : २७९८ जना कोरोना मुक्त

    पछिल्लो २४ घन्टामा १ हजार ४ सय ७७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २ हजार ७ सय ९८ जना कोरोना मुक्त भएका छन् ।

    images

    मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ४ सय ७७ जनासहित देशभर संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ जना पुगेको छ । संक्रमितमध्ये १ लाख ७३ हजार ४ सय ३० जना कोरोना मुक्त भएका छन् ।

    पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमण ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय २१ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology