Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अक्सफोर्डको काेराेना भ्याक्सिन,फाइजरभन्दा १० गुणा सस्तो

अक्सफोर्डको काेराेना भ्याक्सिन,फाइजरभन्दा १० गुणा सस्तो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३०, २०७७ आइतवार • १९:३६:४७ बजे
  • 2.4K
    SHARES
  • अक्सफोर्डको काेराेना भ्याक्सिन,फाइजरभन्दा १० गुणा सस्तो

    एजेन्सी / बेलायतमा निर्माण भएको कोरोना विरुद्धको भ्याक्सिनको करोडौँ डोज तयार भएको दावी गरिएको छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एष्ट्राजेनेकाले संयुक्त रुपमा तयार गरेको भ्याक्सिन क्रिसमससम्ममा बजारमा पठाउने गरी तयारी गरिएको दावी गरिएको हो ।

    images

    तयार भइरहेको भ्याक्सिनको नेतृत्व गरिरहेका प्रोफेसर एन्ड्रियु पोलार्डले क्रिसमसको समयमा कोरोना भ्याक्सिन उपहारको रुपमा दिनका लागि आफूहरु अत्यधिक उत्साहित रहेको बताएका छन् ।

    अक्सफोर्डको तर्फबाट सार्वजनिक गरिएको रिपोर्टमा उसले तयार गरेको भ्याक्सिन फाइजरको भ्याक्सिनको तुनालामा अत्यभिक सस्तोमा उपलब्ध हुने पनि दावी गरेको छ । उसले भ्याक्सिन फाइजरको तुलनामा १० गुणा सस्तो उपलब्ध गराउने दावी गरेको छ ।

    अक्सफोर्डले तयार गरेको भ्याक्सिनलाई माइनस ७८ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने बताइएको छ । केही साताको बीचमा २ पटक लगाउनु पर्ने अक्सफोर्डको भ्याक्सिनलाई भण्डारणमा पनि फाइजरभन्दा केही सहज हुने दावी गरिएको छ ।

    प्रोफेसर पोलार्डले थकानरहित तरिकाले गरिएको परिश्रमले वर्षको अन्त्यमा खुशी दिएको प्रतिक्रिया दिएका छन् । उनले आफ्नो टिम अक्सफोर्डको सानो टिम भएपनि ठूलो मात्रामा भ्याक्सिनको परिक्षण र उत्पादनमा सफल भएको बताएका छन् ।

    उनले अक्सफोर्डको सहकार्यमा रहेको संस्था एष्ट्राजेनेकाले नाफारहित आधारमा वितरण गर्ने बताएका छन् । अक्सफोर्डको भ्याक्सिन तयार भएर बजारमा आउने अन्तिम तयारीमा रहेसँगै कोरोना विरुद्धको भ्याक्सिन रेसमा बेलायत थप अगाडि बढ्ने छ ।

     

  • सम्बन्धित विषय:

  • # विज्ञान/प्रविधि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology