Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना भाइरस संक्रमित विरामीमा रगत जम्ने, चोक्टा चोक्टा हुने र रक्त प्रवाहको अवरोधका कारण मृत्यु हुन्छ :वैज्ञानिक अध्ययन

कोरोना भाइरस संक्रमित विरामीमा रगत जम्ने, चोक्टा चोक्टा हुने र रक्त प्रवाहको अवरोधका कारण मृत्यु हुन्छ :वैज्ञानिक अध्ययन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०७७ सोमवार • १०:५८:२९ बजे
  • 2.4K
    SHARES
  • कोरोना भाइरस संक्रमित विरामीमा  रगत जम्ने, चोक्टा चोक्टा हुने र रक्त प्रवाहको अवरोधका कारण मृत्यु हुन्छ :वैज्ञानिक अध्ययन

    एजेन्सी । कोरोना भाइरस संक्रमित विरामीमा प्रायगरी रगत जम्ने, चोक्टा चोक्टा हुने र रक्त प्रवाहको अवरोधका कारण मृत्यु हुने अवस्था सिर्जना हुन्छ ।

    images

    रगत जम्नुको कारण खोजी गरिरहेका वैज्ञानिकहरुले नयाँ तथ्य फेला पारेका छन । सार्स–सीओभी–२ संक्रमणपछि मानव शरीरमा उत्पन्न हुने एन्टीबडीकै कारण रगत जम्ने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका हुन ।

    अध्ययन अनुसार रगतमा प्रवाहित भैरहेको एक अटोइम्युन एन्टीबडीले कोशिकाहरुमा आक्रमण गरी धमनी, सुक्ष्म धमनी र नसाहरुमा रगत जमाएर चोक्टा चोक्टा बनाइदिन्छ ।

    मिचिगन युनिभर्सिटीका अनुशन्धानकर्ताहरुका अनुसार एन्टीफसफलिपिड सिन्ड्रोम भनिने अटोइम्युन रोग भएका मानिसहरुमा यस्ता एन्टिबडी पाइन्छ । यसले मानिसको रोगप्रतिरोधी प्रणालीमा भएका प्रोटिनहरुलाई आक्रमण गर्छ ।

    मिचिगन विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर तथा यस अध्ययन रिपोर्टका लेखक योगेन कान्थिका अनुसार एन्टिबडी र कोरोना भाइरसबीचको यो सम्बन्ध अप्रत्याशित हो । “कोरोना संक्रमित विरामीको शरीर भित्र सुन्निने र रगत जम्ने तथा यो प्रकृया झन झन बढ्दै गएको हामीले पायौं । रगत जमाउने र भित्री अंगहरु सुन्निने समस्या निम्त्याउन केही एन्टिबडी जिम्मेवार हुन सक्छन । यसले मानिसलाई विरामी बनाउँछ ।”

    वैज्ञानिकहरुले यो निष्कर्ष १७२ जना कोरोना संक्रमित विरामीहरुको अध्ययनबाट निकालेका हुन । अध्ययनका क्रममा आधाभन्दा बढी विरामीहरुमा खतरनाक एन्टिबडी र अत्यधिक सक्रिय न्युट्रोफिलको समिश्रण देखियो ।

    मानव स्वास्थ्यका लागि यो अवस्था निकै घातक हुन्छ । वैज्ञानिकहरुले त्यस्ता एन्टिबडी र न्युट्रोफिललाई मुसामा पनि प्रयोग गरेका थिए । मुसामा पनि अधिक मात्रामा रगत जमाउने समस्या उत्पन्न भयो ।

    वैज्ञानिकहरुको अध्ययनको मोड अहिले केही बदलिएको छ । कुनै पनि विरामीको शरीरमा त्यस्ता खतरनाक एन्टिबडी कसरी उत्पन्न हुन्छ भन्ने बारे अध्ययन भैरहेको साइन्स डेलीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology