Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना संक्रमणबाट १६ वर्षीय किशोरको मृत्यु

कोरोना संक्रमणबाट १६ वर्षीय किशोरको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०७७ सोमवार • ११:३०:३९ बजे
  • 1.1K
    SHARES
  • कोरोना संक्रमणबाट १६ वर्षीय किशोरको मृत्यु

    कोरोना भाइरसको संक्रमणबाट १६ वर्षीय किशोरको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ का १६ वर्षीय किशोरको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारका क्रममा एक दिनअघि मृत्यु भएको हो ।

    images

    जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शुक्रबारमात्रै ती किशोरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । केहीदिनदेखि ज्वरो आएपछि ती किशोरले स्थानीय मेडिकलमा स्वास्थ्य परीक्षण गरेका थिए । सुरुमा टाइफाइडको आशंका गरेर औषधि दिइएको थियो ।

    औषधि खाएर पनि निको नभएपछि पिसिआर टेष्ट गर्दा शुक्रबार ती किशोरमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टिपछि अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि शनिबार राति एक्कासी स्वास्थ्यमा थप जटिलता भएर मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा कुनै पनि दीर्घरोग नभएको आफन्तले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology