Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल संवत् ११४१ सुरु

नेपाल संवत् ११४१ सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०७७ सोमवार • ११:३४:५८ बजे
  • 1.3K
    SHARES
  • नेपाल संवत् ११४१ सुरु

     नेपाल संवत् अनुसारको नयाँ वर्ष ११४१ सुरु भएको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब नागरिकको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गरेका थिए ।

    images

    नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको पाएकाे इतिहास छ । २००७ मा प्रजातन्त्र स्थापनादेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियाे । २०५६ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो । अन

    नेपाली इतिहासको लिच्छवी कालको सामन्ती युग जर्जर अवस्थामा रहेका बेला नेपाल संवतको सुरु भएकाे पाइन्छ । त्यसबेला देशका धेरै मानिसको आर्थिक स्थिति राम्रो थिएन । धेरैजसो जनता ऋणमा डुबेका थिए । ज्यापु पञ्चः नेपाल संवत् र शंखधर साख्वा, केही विवेचना विषयक एक लेखका अनुसार सामन्ती शोषणका कारण त्यसबेला राज्यमा विद्रोहको स्थिति थियो ।

    अधिकांश नेपालीको जन्मदेखि मृत्युसम्मका सबैजसो कर्मकाण्ड नेपाल संवतकै तिथिबाट गरिन्छ भन्ने कुरामा विवाद छैन । दशैं, तिहार, छठ, जनैपूर्णिमा, बुद्ध पूर्णिमा, रामनवमी, कृष्णाष्टमी, तीजलगायत अधिकांश चाडपर्व नेपाल संवतको चन्द्रमास पात्रो अनुसार मनाइन्छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology