Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तिहारमा फूूलको अभाव

तिहारमा फूूलको अभाव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०७७ सोमवार • ११:५४:०७ बजे
  • 1.7K
    SHARES
  • तिहारमा फूूलको अभाव

    यस वर्षको तिहारमा फूलको अभाव भएको छ । पुष्प व्यवसाय गर्ने कमै हुँदा पाल्पामा फुलको अभाव सिर्जना भएको हो ।

    images

    गत वर्षको तिहारमा सयपत्री फूलको राम्रो उत्पादन गर्नुभएका रामपुरका दिलबहादुर थापा र लालबहादुर थापाले यो वर्ष फूलको माग बढी रहेकाले पुर्याउनै नसकिएको बताए । उनिहरुले पाल्पा सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा पर्ने रामपुर नगरपालिकामा पहिलो पटक पुष्प व्यवसाय सञ्चालन गरेका छन् । ‘फूलको व्यापार असाध्यै राम्रो भयो, तिहारका बेला धेरै ग्राहकलाई खाली हात फर्काउनु परेको छ, बाहिरी बजार तथा स्थानीयस्तरबाट फूलको माग ह्वात्तै बढ्दा पुर्याउन समस्या भयो’, दिलबहादुरले भने ।

    गत वर्ष परीक्षणका रूपमा एक रोपनी क्षेत्रफलमा सयपत्री फूल लगाइएको थियो भने उत्पादन राम्रो र माग बढेपछि यो वर्ष तिहार लक्षित दुई रोपनी जग्गामा सयपत्री फूल लगाइको लालबहादुरले बताए । तिहारको समयमा फूल बिक्रीबाट रु दुई लाख बराबरको कमाइ भएको छ ।

    गतवर्ष यस व्यवसायबाट रु एक लाख आम्दानी भएको थियो । यस पटकको तिहारमा नेपालगञ्जमा ५० किलो फूल, बुटवल बजारमा ५० किलो फूल र दुई सय ५० वटा माला खपत भएको छ । दिलबहादुरका अनुसार विभिन्न जिल्लाबाट धेरै माग आए पनि पुर्याउन सकिएको छैन ।

    थोकमा प्रतिमाला रु ८०, फुटकर रु १००, फूल थोकमा प्रतिकिलो मुल्य रु ३०० र फुटकर रु ४०० मा बिक्री भएको छ । तिहारका लागि माला तथा फूल खरिद गर्न पुगेकी नारायणी अर्याल खाली हात फर्किइन् । ‘फूल र माला किन्नका लागि आउँदा बोट नै रित्तिसकेछ, तिहारको अघिल्लो दिनमै फूल सकिँदा म जस्ता धेरै ग्राहक खाली हात फर्कन बाध्य भएका छन्’, उनले भनिन् ।

    गतवर्ष तिहार लक्षित गरी परीक्षणका लागि लगाइएको फूलको सफल उत्पादनले पुनः दोस्रो पटक गत फागुन चैतमा उत्पादन हुने गरी लगाइयो । उत्पादनको समय बन्दाबन्दीले फूल बिक्री गर्न नपाई बोटमै ओइलाएर गयो ।

    पुनः तिहार लक्षित गरी लगाइएको फूलले सोचेभन्दा राम्रो उत्पादन दिएको व्यवसायी बताउँछन् । बाहिरी बजार र स्थानीयवासीबाट फूलको माग बढ्न थालेपछि व्यवसायिकतालाई अगाडि बढाएको दिलबहादुर थापाको भनाइ छ । करिव १० वर्ष विदेश बसेर स्वदेश फर्केका थापाले दुई वर्षयता जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएकी छिन् ।

    छोटो समयमा नै रामपुरमा कृषि व्यवसायमा नमूना व्यवसायीका रूपमा पहिचान बनाउन सफल भएका छन् ।

  • सम्बन्धित विषय:

  • # समाज
  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology