Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आउँदो वर्षको जाडो मौसमम्म मानिसको जीवन सामान्य बन्ने : भ्याक्सिन वैज्ञानिक ऊर साहिन

आउँदो वर्षको जाडो मौसमम्म मानिसको जीवन सामान्य बन्ने : भ्याक्सिन वैज्ञानिक ऊर साहिन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०७७ सोमवार • १३:४८:२६ बजे
  • 1.8K
    SHARES
  • आउँदो वर्षको जाडो मौसमम्म मानिसको जीवन सामान्य बन्ने : भ्याक्सिन  वैज्ञानिक ऊर साहिन

    एजेन्सी । फाइजर कम्पनीले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिन बनाउने वैज्ञानिक ऊर साहिनले आउँदो वर्षको जाडो मौसमम्म मानिसको जीवन सामान्य बन्ने विश्वास व्यक्त गरेका छन् ।

    images

    बायोएनटेकका सिइओसमेत रहेका वैज्ञानिक साहिनले आउँदो वर्षको अन्तिमसम्म जनजीवन सामान्य बन्ने विश्वास व्यक्त गरेका हुन् । उनले त्यसका लागि कम्पनीले आउँदो सेप्टेम्बर-अक्टुबरसम्म ठूलो मात्रामा कोरोना भ्याक्सिन पुग्नेगरी उत्पादन थालिएको बताएका छन् । बायोएनटेकले फाइजर कम्पनीसँग मिलेर कोरोनाविरुद्धको भ्याक्सिन तयार गरेका हुन् ।

    बायोएनटेकका सिइओले कोरोना महामारीका कारण आउँदा केही महिनासम्म अवस्था भयावह हुनसक्ने बताएका छन् । उनले क्लिनिकल ट्रायलमा भ्याक्सिन ९० प्रतिशत सफल भएपनि कोरोनाको मौजुदा लहर रोक्नका लागि पर्याप्त नभएको बताएका छन् ।

    पछिल्लो हप्ता फाइजर कम्पनीले भ्याक्सिन सफलताको घोषणा गरेको थियो । तर, परीक्षणसँग जोडिएका विभिन्न डाटाको विस्तृत अध्ययनको काम जारी छ । त्यसपछिमात्रै कोरोनाविरुद्धको भ्याक्सिन सुरक्षित भए नभएको पुष्टि हुन्छ । त्यसपछि पनि विभिन्न प्रक्रिया हुन्छन् ।

    बायोएनटेकका सिइओले बिबिसीको एक कार्यक्रममा भनेका छन्, ‘सबै काम समयमा सम्पन्न भएमा यो वर्षको अन्तिममा भ्याक्सिन वितरण गर्न सकिनेछ । हामीले आउँदो अप्रिल महिनासम्म ३० करोड डोज भ्याक्सिन उत्पादन गरिसक्ने छौँ ।’

    ऊर साहिनले फाइजर र बायोएनटेकले तयार गरेको कोरोनाविरुद्धको भ्याक्सिनको साइड इफेक्टमा हल्कादेखि मध्यमसम्मको दुखाइ हुने पनि जानकारी गराएका छन् । इन्जेक्सन लगाएको केहीदिनमा मात्रै यसको दुखाइ कम हुँदै जाने उनले बताएका छन् । केही व्यक्तिमा हल्कादेखि मध्यमखालको ज्वरो पनि आउने उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology