फाइल तस्बिर
बझाङमा पहिरो जाँदा १७ घर पुरिएका छन् । केदारस्युँ गाउँपालिका ८, मल्लेसीमा पहिरोले १७ घर पुरेको स्थानीयले जानकारी दिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिए ।
घटनास्थलमा अहिले नेपाली सेनासहित सुरक्षाकर्मीको टोली गएको छ । स्थानीयले अहिले उद्दारको काम सुरु गरेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङले प्रहरी टोली पनि घटनास्थल पुग्दै गरेको जनाएको छ । डिएसपी गणेश बमले स्थायीले ७ जना वेपत्ता भएको जानकारी गराएको बताएका छन् । सुरक्षाकर्मी घटनास्थल पुगेपछिमात्रै क्षतीको विवरण आइपुग्ने प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिए ।