Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

धौलागिरि अस्पताल बागलुङमा शरीर जोडिएका दुई शिशुको जन्म

धौलागिरि अस्पताल बागलुङमा शरीर जोडिएका दुई शिशुको जन्म

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ३, २०७७ बुधवार • ०९:०१:५१ बजे
  • 1.5K
    SHARES
  • धौलागिरि अस्पताल बागलुङमा शरीर जोडिएका दुई शिशुको जन्म
    प्रसूति व्यथाले च्यापेको लामो समयपछि धौलागिरि अस्पताल पुगेकी पर्वतकी एक महिलाले शरीर जोडिएका दुई शिशुलाई जन्म दिएकी छन्।

    पर्वतको फलेवास नगरपालिका–२ कुर्घाकी २८ वर्षीया महिलाले धौलागिरि अस्पताल, बागलुङमा सोमबार शरीर जोडिएका दुई शिशुलाई जन्म दिएकी हुन्।

    प्रसूति व्यथा लागेपछि महाशिला गाउँपालिकाको लुंखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी उनलाई पर्वत अस्पताल पठाइएको थियो । पर्वत अस्पताल कुश्माले समेत अवस्था गम्भीर रहेको भन्दै उहाँलाई धौलागिरि अस्पताल बागलुङमा पठाएको हो।

    ‘उहाँ सोमबार साँझ अस्पताल आइपुग्नु भएको थियो, मंगलबार बिहान शिशु जन्मिएका हुन्,’ अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले भने।

    शरीर जोडिएर जन्मिएका शिशुलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको गौतमले बताए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology