Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

खुशीको खबर कोरोना खोप अक्सफोर्डको भ्याक्सिन सुरक्षित भएको रिपोर्ट सार्वजनिक

खुशीको खबर कोरोना खोप अक्सफोर्डको भ्याक्सिन सुरक्षित भएको रिपोर्ट सार्वजनिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ४, २०७७ बिहिवार • १९:४१:२६ बजे
  • 1.7K
    SHARES
  • खुशीको खबर कोरोना खोप अक्सफोर्डको भ्याक्सिन सुरक्षित भएको रिपोर्ट सार्वजनिक

    कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट छुट्कारा पाउनका लागि विश्वभरका वैज्ञानिकहरु विभिन्न उपायको खोजीमा लागिपरेका छन् । यसैबीच बेलायतबाट खुशीको खबर बाहिरिएको छ ।

    images

    अक्सफोर्ड युनिभर्सिटी र एष्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिनको सफल नतिजा आएको एक रिपोर्ट सार्वजनिक भएको छ । दोस्रो चरणको परीक्षणमा सफल भएको खोप मानव परीक्षणमा पनि सफल भएको दावी गरिएको छ ।

    अन्तिम परीक्षणको पूर्ण नतिजा सार्वजनिक नभएपनि सार्वजनिक अध्ययन रिपोर्टअनुसार अक्सफोर्डको खोप ९९ प्रतिशत सफल भएको दावी गरिएको छ । यसअघि फाइजर र मोडेर्नाले आफ्नो खोप सफल भएको दावी गरिसकेका छन् ।

    मोडेर्नाको खोप र फाइजर र बायोएनटेकले तयार गरेको खोप पनि ९० प्रतिशतभन्दा बढी सफल रहेको दावी गरिएको थियो । अक्सफोर्डको खोप ६० वर्षमाथिका व्यक्तिमा पनि इम्युनिटी बढाउन सफल रहेको दावी गरिएको छ ।

    दोस्रो चरणको परीक्षणमा अक्सफोर्डको खोपको कुनैपनि साइड इफेक्ट देखिएको थिएन । बेलायतले यो खोपको १ सय मिलियन डोजको अग्रिम खरिद सम्झौता गरिसकेको छ ।

    दोस्रो चरणको परीक्षणमा बेलयतका ५ सय ६० जना सहभागि थिए । जसमध्ये अधिकांश गोरा जातीका रहेका थिए । उक्त परीक्षणबाट ५५ वर्षभन्दा कम उमेरका व्यक्तिमा यो खोप पूर्ण सफल रहेको नतिजा रहेको थियो ।

    अक्सफोर्डको भ्याक्सिनका विषयमा ब्रिटिश सोसाइटी फर इम्युनोलोजीका प्रमुख प्रोफेसर डेबोराह डन वाल्टर्सले खुशीको खबर भएको प्रतिक्रिया दिएकी छन् । उनले परीक्षणको नतिजाले प्रोत्साहन गरेको बताएकी छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology