Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाँके प्रहरीको हिरासतको एक अभियुक्तको मृत्यु

बाँके प्रहरीको हिरासतको एक अभियुक्तको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७७ शुक्रवार • १०:४७:१४ बजे
  • 1.7K
    SHARES
  • बाँके प्रहरीको हिरासतको एक अभियुक्तको मृत्यु

    जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको शौचालयमा बिहीबार राती बालक हत्या तथा अपहरण काण्डका एकजना अभियुक्त व्यक्ति झुण्डीएको अवस्थामा मृत फेला परेका छन् ।

    images

    बाँकेको वनकट्टीमा भएको बालक अपहरण तथा हत्या काण्ड मध्येका एक अभियुक्त बावुलाल रैदासले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षमा झुण्डीएर मुत्यु भएको अवस्थामा शुक्रवार विहान भेट्टिएका हुन ।

    बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बालक अपहरण तथा हत्या काण्डका अभियुक्त रैदास प्रहरीको हिरासत कक्ष शौचालयको झ्यालको डण्डीमा टाउकोमा बाँधेको कपडाको पासो लगाई झुण्डिएर मृत अवस्थामा फेला परेको बताए ।

    उनका अनुसार रैदासमाथि अभद्र तथा कर्तव्य ज्यान मुद्दामा समेत अदालतबाट म्याद थपेर अनुसन्धान भैरहेको थियो ।

    शुक्रबार विहानै हिरासत कक्षमा झुण्डिएको अवस्थामा रैदास फेला परेपछि हिरासत कक्षमा सँगै रहेका अन्य ब्यक्तिहरूबाट जानकारी पाएपछि रैदासका आफन्त, वडाका जनप्रतिनिधि, वकिल, चिकित्सक, मानवअधिकारवादी, स्थानीय प्रशासन र आफनो माथिल्लो निकायलाई खवर गरेर प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी पोष्टमार्टमको लागि रैदासको शवलाई भेरी अस्पतालमा लैजाने तयारी गरेको छ ।

    अभियुक्त रैदासले टाउकोमा बाँधेको कपडाको पासो बनाई अरु सगैं रहेका थुनुवा सुतेको मौका पारी घाँटीमा पासो लगाएर हिरासत भित्रको झ्यालको डण्डीमा झुण्डीएर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    तत्कालीन भुमिगत समुह तराई जनतन्त्रिक मुक्ती मोर्चा (ज्वाला सिंह) समूहमा आवद्ध रहेर रैदासले विभिन्न अपराधिक क्रियाकलाप गर्दै आएका थिए । उनी यसअघि पनि हातहतियार तथा खरखजना मुद्दामा ८ वर्ष जेल सजाय पाएका ब्यक्ति भएको प्रहरीले बताएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology