Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मानिसको बढ्दो उमेर रोक्न वैज्ञानिकहरु सफल

मानिसको बढ्दो उमेर रोक्न वैज्ञानिकहरु सफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७७ शुक्रवार • १०:४८:१९ बजे
  • 1.7K
    SHARES
  • मानिसको बढ्दो उमेर रोक्न वैज्ञानिकहरु सफल

    एजेन्सी । मानिस जन्मने, उमेर बढ्दै बालक, युवा हुँदै बृद्ध हुँदै जाने जस्ता विषय प्राकृतिक हुन । यो निरन्तर चलिरहने प्रकृया हो । तर यो प्राकृतिक नियमलाई पनि चुनौति दिन वैज्ञानिकहरुल सफल भएका छन । अर्थात बृद्ध अवस्थाको मानिसलाई युवा अवस्थामा बदल्न वैज्ञानिकहरु सफल भएका छन ।

    images

    वैज्ञानिकहरुले गरेको दावी अनुसार शुद्ध अक्सिजनबाट उमेर बढ्ने प्रकृयालाई उल्टाउन सकिन्छ । इजरायलको तेल अभिभस्थित तेल अभिभ विश्व विद्यालयका वैज्ञानिकहरुले यस विषयमा अध्ययन गरेका हुन ।

    तेल अभिभ विश्व विद्यालयका एशोसियट प्रोफेसर एवं टिजरिफिन शहरमा रहेको सामिर मेडिकल सेन्टरका वरिष्ठ डाक्टर शाहि इफरातीका अनुसार ६५ बर्षभन्दा बढी उमेरका ३५ जना स्वस्थ मानिसहरुबीच यस्तो अध्ययन गरिएको हो ।

    अध्ययनका क्रममा सहभागी मानिसहरुलाई १०० प्रतिशत शुद्ध अक्सिजनको उच्च चाप रहेको च्याम्बरमा राखिएको थियो । सहभागीहरुलाई अक्सिजनको उच्च चाप भएको च्याम्बरमा राख्ने प्रकृया ९० मिनेटसम्म चलेको थियो ।

    यो प्रकृया प्रत्येक हप्ताको ५ दिनसम्म गरिएको थियो । अक्जिन थेरापी पनि भनिने यो अध्ययन ३ महिनासम्म चलेको थियो । यो प्रयोबाट सहभागी बृद्धहरुको शरीरमा टेलोमेर भनिने तत्व २० प्रतिशतले बृद्धि भएको पाइयो ।

    टोलोमेरले मानव शरीरमा रहेको क्रोमोजोमको पुरापुर सुरक्षा गर्छ । यसले मानिसको उमेर बढ्ने गतिलाई निकै सुस्त बनाइदिन्छ । बढ्दो उमेरसंगै मानव शरीरमा टेलोमेर तत्व प्राकृतिक रुपमै कम हुँदै जान्छ । यसका कारण अल्जाइमर र पार्किन्सन जस्ता रोगहरु लाग्छन ।

    तर यो अध्ययनमा सहभागी बृद्धहरुको शरीरमा टेलोमेरको मात्रा यति बढेको पाइयो कि, जुन मात्रा युवाहरुको शरीरमा पनि हुँदैन ।

    यो अध्ययनमा शरीरमा सेनेसेन्ट कोषहरुको मात्रा पनि ३७ प्रतिशतले कमी आएको थियो । सेनेसेन्ट कोषको बृद्धिलाई पनि बढ्दो उमेरको कारण मानिन्छ ।

    डाक्टर शाहि इफरातीले बताए अनुसार अत्यन्तै कडा ब्यायाम र पूर्ण अनुशासित जीवनशैली अपनाउँदा मात्रै शरीरमा टेलोमेरको मात्रा बडाउन र सेनेसेन्ट कोषहरुको मात्रा केही हदसम्म घटाउन सकिन्छ ।

    तर मात्रै ३ महिनाको अक्सिजन थेरापीबाट प्राप्त भएको यो परिणाम अहिलेसम्मकै आश्चर्यजनक विषय भएको डाक्टर इफरातीलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # विज्ञान/प्रविधि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology