Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ढिला भयो नेपालमै बनेको कोरोनाविरुद्धको आयुर्वेदिक औषधिको परीक्षण

ढिला भयो नेपालमै बनेको कोरोनाविरुद्धको आयुर्वेदिक औषधिको परीक्षण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७७ शुक्रवार • १४:१९:५८ बजे
  • 1.7K
    SHARES
  • ढिला भयो नेपालमै बनेको कोरोनाविरुद्धको आयुर्वेदिक औषधिको परीक्षण

    विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि विभिन्न देशमा औषधि उत्पादन गर्ने र परीक्षण गर्ने क्रम तीव्र रुपमा चलिरहेको छ ।

    images

    विश्वका शक्तिशाली मानिएका देशहरु कोरोना भ्याक्सिनको विकास र परीक्षणमा लागिपरेका छन् । उनीहरुले आफ्नो क्षेत्रबाट विभिन्न खोपहरुको परीक्षण पनि गरिरहेका छन् । तर, पूर्णसफल भने भएका छैनन् ।

    स्वास्थ्य क्षेत्रमा रहेको विभिन्न क्षेत्रका वैज्ञानिक तथा विज्ञहरु कोरोनाविरुद्धको खोप बनाउन लागिरहेको समयमा नेपालमा पनि आयुर्वेदिक औषधिको परीक्षण भइरहेको छ । पछिल्लो समय आयुर्वेदिक औषधिप्रति आम मासिनको चासो र प्रयोग बढ्न थालेको छ ।

    पुरानो चिकित्सा विधिको रुपमा रहेको आयुर्वेदिक औषधि कोरोनाविरुद्ध कतिको प्रभावकारी छ भन्ने विषयमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यसको अनुसन्धान गरिरहेको छ । कोरोनाविरुद्ध आयुर्वेदिक औषधि प्रभावकारी भएको बताइएपनि यो कति प्रभावकारी छ भन्ने विषय अनुसन्धानकै क्रममा रहेको छ ।

    तर, अनुसन्धान गर्नका लागि पर्याप्त मात्रामा कोरोना संक्रमित बिरामी नहुँदा यसको प्रभावकारीताको विषयमा गरिएको अनुसन्धान ढिला भइरहेको आयुर्वेदिक औषधि अनुसन्धानमा संलग्न डा. सृष्टि केसीले बताइन् । उनले अहिले औषधिको प्रभावकारीताको विषयमा गरिएको अनुसन्धान जारी भएपनि पर्याप्त बिरामी नहुँदा निष्कर्षमा पुग्न केही ढिला भएको बताइन् ।

    अनुसन्धानको क्रममा औषधि चलाउन बिरामीको अनुमति चाहिने गर्दछ । पहिलो कुरा कम बिरामी आउने र आएका मध्येपनि केहीले मात्र औषधि प्रयोग गर्न चाहने भएको कारण औषधिको प्रभावकारीताको विषयमा चिकित्सकहरुलाई निष्र्कष दिन केही ढिला भएको छ ।

    अनुसन्धान परिषद्ले जेठीमधु र त्रिकटुमाथि कोरोनाविरुद्धको औषधिको रुपमा अनुसन्धान गरिरहेको छ । जेठीमधु र त्रिकटुको मिश्रण बनाएर बिरामीलाई खाना खानुअघि खुवाइन्छ । मरिच, पिप्ली (पिप्ला) र सुठो (सुकेको अदुवा) बराबर मात्रामा मिलाएर त्रिकटु बनाइने गर्दछ ।

    कोरोनाविरुद्ध यो कति प्रभावकारी छ भन्ने विषयमा निर्धारितभन्दा बढी समय लाग्न सक्ने उनले बताइन् । आवश्यकताअनुसार बिरामी पाइएको अवस्था भएको भए यसको प्रभावकारीता कति भन्ने विषयमा छिट्टै निष्र्कष निकाल्न सकिने डा. केसीको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology