Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु, १९४५ जनामा नयाँ संक्रमण

पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु, १९४५ जनामा नयाँ संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७७ शुक्रवार • १८:२६:४१ बजे
  • 763
    SHARES
  • पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु, १९४५ जनामा नयाँ संक्रमण

     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय ९८ पुगेको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २२ जनाको मृत्यु भएको छ ।

    images

    पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयकाअनुसार थपिएका १ हजार ९ सय ४५ जनासँगै कुल कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ ।

    यस्तै देशभर पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ६४ जनाले कोरोना जितेका छन् । यो संख्यासँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ ।

    अहिले देशभर कुल २४ हजार ६ सय ६५ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयकाअनुसार अहिलेसम्म देशभर कुल १६ लाख ४३ हजार ८ सय ९९ नमूनाको पिसिआर परीक्षण भएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology