Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

३ विदेशी नागरिकलाई देश निकाला गर्ने सरकारको निर्णय

३ विदेशी नागरिकलाई देश निकाला गर्ने सरकारको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७७ शुक्रवार • १८:२९:३३ बजे
  • 1.3K
    SHARES
  • ३ विदेशी नागरिकलाई देश निकाला गर्ने सरकारको निर्णय
    गैरकानुनी रुपमा नेपाल बस्दै आएका तीन विदेशी नागरिकलाई देश निकाला गर्ने सरकारले निर्णय गरेको छ । कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

    अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेटले बुझाउनुपर्ने विलम्ब शूल्क १२ हजार ७ सय ३० अमेरिकी डलर र अधिकतम जरिवाना रु ५० हजार समेत मिनाहा गरी नेपालबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

    images

    यस्तै गैरकानुनी रुपमा लामो समयसम्म नेपालमा बसोबास गरेका यमन गणराज्यका नागरिकहरु मोहम्मद इस्माइल अहमेद ओवादी र नासिम इस्माइल अहमेद ओवादीले बुझाउनुपर्ने भिसा शुल्क दस्तुर ३ हजार ६६ अमेरिकी डलर, विलम्ब शूल्क ५ हजार १ सय १० अमेरिकी डलर र अधिकतम जरिवाना रु. १ लाख समेत मिनाहा गरी देश निकाला गर्ने निर्णय गरेको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology