Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

केकी र दिनेशको प्रेम (भिडियो)

केकी र दिनेशको प्रेम (भिडियो)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७७ शुक्रवार • १८:३३:५९ बजे
  • 2.0K
    SHARES
  • केकी र दिनेशको प्रेम (भिडियो)

     लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा रहेको  यो माया के हो  गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। मनछुने गीतमा शब्द राम कृष्ण महराको रहेको छ भने मन कुमार (शिवराज)ले यस गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ।

    images

    वियोगान्त प्रेम कथामा आधारित म्युजिक भिडियोमा नायिका केकी अधिकारी, दिनेश थापा (आयुष) र मनोज ओली फिचर्ड छन् । दिपेन बस्नेतले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन्।

    गोविन्द प्रसाद साह उत्पादक रहेको यस भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो। ओएसआर डिजिटल मार्फत भिडियो सार्वजनिक भएको हो।

    रोजगारीको सिलसिलामा मलेशियामा रहेका उत्पादक साह र महराले विदेशी भुमि बाटै आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका छन्।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology