Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा महानगरपालिका कार्यालयका धेरै कर्मचारीमा कोरोना पुष्टि, अत्यावश्यकबाहेकका सेवा एक साता स्थगन

पोखरा महानगरपालिका कार्यालयका धेरै कर्मचारीमा कोरोना पुष्टि, अत्यावश्यकबाहेकका सेवा एक साता स्थगन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ६, २०७७ शनिवार • १४:३७:०८ बजे
  • 2.4K
    SHARES
  • पोखरा महानगरपालिका कार्यालयका धेरै कर्मचारीमा कोरोना पुष्टि, अत्यावश्यकबाहेकका सेवा एक साता स्थगन
    पोखरा महानगरपालिका कार्यालयका धेरै कर्मचारीमा कोरोना पुष्टि भएपछी अत्यावश्यकबाहेकका सेवा एक साता स्थगन गरिएको छ । 

    महानगरपालिकाले शुक्रबार सूचना जारी गरी महानगरमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएकाले अत्यावश्यकबाहेकका सेवा यही मंसिर १२ गतेसम्म स्थगन गरिएको जनाएको हो । 

    महानगरका एक तिहाइ कर्मचारीबाट सेवा प्रवाह गर्नुपर्ने भएकाले जरुरी र अत्यावश्यक काम नपरी महानगर तथा वडा कार्यालयमा नआउन सेवाग्राहीलाई आग्रह गरिएको छ । उपप्रमुख मञ्जुदेवी गुरुङसहित प्रमुखको सचिवालय, प्रशासन, लेखालगायत शाखा कार्यालयका गरी २७-२८  कर्मचारी कोभिड–१९ संक्रमित भएकाले सेवा प्रभावित भएको र एक साता सेवा बन्द गरिएको हो ।

  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology