Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ घण्टामा देशभर ६६१ पुरुष र १०१३ महिलासहित १६७४ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा देशभर ६६१ पुरुष र १०१३ महिलासहित १६७४ जनामा कोरोना संक्रमण पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ६, २०७७ शनिवार • १७:४७:०१ बजे
  • 1.1K
    SHARES
  • २४ घण्टामा देशभर ६६१ पुरुष र १०१३ महिलासहित १६७४ जनामा कोरोना संक्रमण पुष्टि
    बितेको २४ घण्टामा देशभर ६६१ पुरुष र १०१३ महिलासहित १६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने निको हुनेको संख्या २३२३ रहेको छ । यस्तै पछिल्लो २४ घण्टमा थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या १३०५ पुगेको छ।  

    यस्तै पछिल्लो २४ घण्टामा ८ हजार १४४ जनाको पीसीआर परीक्षण भएसँगै कुल परीक्षण १६ लाख ५२ हजार ४३ पुगेको छ।  

    यसैबीच बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ८९९ जना संक्रमित थपिएका छन् । संक्रमितमा ३८७ महिला र ५१२ पुरुष रहेका छन् । यससँगै काठमाडौंमा १० हजार १०१, भक्तपुरमा ७९६ र ललितपुरमा २ हजार ११४ जना सक्रिय संक्रमित रहेका छन् । 
    हाल मनाङ र मुगुमा १ जना पनि संक्रमित रहेका छैनन् । यस्तै हाल काठमाडौं उपत्यकासहित झापा, मोरङ, सुनसरी, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology