Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु

कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७७ आइतवार • १२:०४:२३ बजे
  • 1.6K
    SHARES
  • कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु

    कोरोना भाइरसको संक्रमणबाट थप एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय सहसचिव गौरीशंकर देवको कोरोना संक्रमणपछि उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

    images

    सप्तरीको राजविराज स्थायी ठेगाना भएर सिराहाको कल्याणपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख देवको गएराति विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको युनियनले जनाएको छ ।

    देवले ३० वर्षदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका थिए । नेपाल स्वास्थ्यकर्मी युनियनले देवको निधनमा दु:ख व्यक्त गर्दै कुशल युनियनकर्मी गुमाएको जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology