उदयपुरको ताप्ली गाँउपालिकाको भवनमा अज्ञात समुहले बम विष्फोट गराएको छ । बिष्फोटबाट उपाध्यक्ष, प्रमासकीय अधिकृतको कार्यकक्षमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
गराति करिब १ बजे कार्यालयको हेल्प डेक्स रहेको स्थानमा विस्फोट भएको थियो । विस्फोटबाट कार्यकक्षको भित्र रहेका कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफका साथै ढोका, झ्यालमा पनि क्षति पुगेको बताईएको छ । बम विस्फोट भएको स्थानमा अर्को पनि बम भेटिएको थियो । जसलाई सेनाले निस्क्रिय पारेको थियो ।