बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा गएको पहिरोमा पुरिएका ३ जनाको शव भेटिएको छ । गएराती १ बजेतिर गएको पहिरोमा पुरीएका ३ जनाको शव भेटिएको र अन्य ४ जना व्यक्तिहरू अझै सम्पर्कबिहीन रहेको केदारस्युँ गाउँपालिका–८ का वडाध्यक्ष गणेश बोहराले बताए ।
मृतकको पहिचान नभएको बोहराले जानकारी दिए । उनले भने, ‘राती एक बजे गएको पहिरोमा परेका ३ जनाको शव फेला पारेका छौँ । तर मृतकको पहिचान भने हुन सकेको छैन । अरुको खोजी जारी छ ।’ उद्दारका लागि सुरक्षाकर्मी ढिलोगरी आउने खबर पाएसँगै स्थानीयले उद्दार थालेका थिए । उनले भने ‘पहिरोले १८ घर बगाएको छ । पानी परेकाले उद्दारमा पनि समस्या पर्यो । सुरक्षाकर्मी नआउँदै गाउँले नै उद्दार थालेका थिए ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।