Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लकडाउन गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिने सिसिएमसीको निर्णय

लकडाउन गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिने सिसिएमसीको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ९, २०७७ मंगलवार • १९:३२:३० बजे
  • 1.6K
    SHARES
  • लकडाउन गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिने सिसिएमसीको  निर्णय

    सिसिएमसी कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले लकडाउन गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिने निर्णय गरेको छ । आज बसेको सिसिएमसी बैठकले अब प्रमुख जिल्ला अधिकारीले अवस्था हेरेर लकडाउन गर्न सक्ने निर्णय गरेको हो ।

    images

    कोरोना नियन्त्रण तथा रोकथामको विषयमा उपत्यका मेयर फोरमले माग गरे अनुसार लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिने निर्णय सिसिएमसीले गरेको उपत्यका मेयर फोरमका सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिए ।

    संक्रमणको जोखिम हेरेर अब जिल्ला प्रशासन कार्यालयले लकडाउनको मोडालिटी बनाउने श्रेष्ठको भनाइ छ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फेरि एक पटक छोटो समयका लागि उपत्यकाका जनप्रतिनिधिले लकडाउनको माग गरेका छन् । कक्षा १२ को परीक्षा सञ्चालन भइरहेकाले त्यसलगत्तै अवस्था हेरेर काठमाडौं उपत्यकामा फेरि लकडाउन गर्ने तयारी गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology