Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल, आइसिसीको एसोसिएट प्लेअर अफ द डिकेड अवार्डका लागि पूर्वकप्तान खड्का मनोनित

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल, आइसिसीको एसोसिएट प्लेअर अफ द डिकेड अवार्डका लागि पूर्वकप्तान खड्का मनोनित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ९, २०७७ मंगलवार • १९:५०:१४ बजे
  • 2.4K
    SHARES
  • अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल, आइसिसीको एसोसिएट प्लेअर अफ द डिकेड अवार्डका लागि पूर्वकप्तान खड्का मनोनित

    नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल, आइसिसीको एसोसिएट प्लेअर अफ द डिकेड अवार्डका लागि मनोनित भएका छन् । आइसिसीले सार्वजनिक गरेको छ जना मनोनितहरुमा खड्काको नाम पनि समावेश भएको छ ।

    images

    आइसिसीले सार्वजनिक गरेको सूचीमा नेपालका पूर्वकप्तान खड्कासँगै स्कटल्याण्डको राष्ट्रिय टिमका क्याप्टेन कायले कोइट्जर, स्कटल्याण्डकै अर्का क्रिकेटर कलुम स्कट म्याकलिअड र रिची बेरिङ्गटन तथा पपुवा न्यू गिनीका कप्तान असद भाला र नेदरल्याण्का पूर्वकप्तान पिटर बोरेन मनोनित भएका हुन् ।

    आइसिसीले अवार्डका लागि भोटिङ खुल्ला गरिसकेको छ । अवार्डमा आइसिसीको वेबसाइटमार्फत मनोनितहरुलाई भोट गर्न सकिने छ । आइसिसीले भोटमार्फत मनोनित छ जनाबाट दशकको उत्कृष्ट क्रिकेट खेलाडी छनोट गर्नेछ ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology