महोत्तरीको बर्दिबासमा बालिका हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
बर्दिबासकी ६ बर्षीया बालिका गुलाब साह खातुनको हत्याको विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले मंगलबार गोली चलाउँदा घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको हो ।
गोली लागेर गम्भिर घाइते भएका न्यौपानेलाई हेलिकोप्टरबाट काठमाडौंको ग्रान्डी अस्पताल ल्याइएको थियो । उनको मंगलबार राति १ बजे उपचारको क्रममा अस्पतालमै मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनीसँगै घाइते अर्का श्याम कार्कीको भने उपचार भइरहेको छ । न्यौपानेको मृत्युसँगै बर्दिबासमा थप तनावको अवस्था सृजना भएको छ ।