पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण भएको छ ।
पछिल्लो २४ घन्टामा जना ३ हजार १ सय ४० जना कोरोना मुक्त भएका छन् । संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । जसमध्ये २ लाख ७ हजार ९ सय ९८ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै कोरोना संक्रमणबाट देशभर थप २८ जनाको ज्यान गएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ८९ जना पुगेको छ ।