Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कंचनपुरका ब्रेन ट्युमर पीडित बालक सिजन मोक्तान तामाङको जीवन रक्षाको आर्थिक सहयोगको अपिल

कंचनपुरका ब्रेन ट्युमर पीडित बालक सिजन मोक्तान तामाङको जीवन रक्षाको आर्थिक सहयोगको अपिल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७७ बिहिवार • १५:४४:३५ बजे
  • 2.3K
    SHARES
  • कंचनपुरका ब्रेन ट्युमर पीडित बालक सिजन मोक्तान तामाङको जीवन रक्षाको आर्थिक सहयोगको अपिल
    कंचनपुर पुनर्वास नगरपालिका -४ का ब्रेन ट्युमर भइ उपचाररत १२ बर्षका  बालक सिजन मोक्तान तामाङको जीवन रक्षा को निमित्त आर्थिक सहयोग गरि दिनु हुन सम्पुर्ण मनकारीमनहरु संग बालकको पिता गोपाल तामाङले हार्दिक अनुरोध गरेका छन् ।

    बिरामी सिजनको ४ / ५ महिना अगाडि  ब्रेन ट्युमरको अप्रेसन गरिएको तर उक्त ब्रैन_ट्युमरमा पनि अरु भन्दा खतरनाक पाइनियोब्लास्टोमा भएकोले  उपचारको रकम पनि धेरै र उपचार गर्न पनि धेरै नै गाह्रो हुने रहेछ । यस्तो खाले ब्रेन ट्युमर हजारौ-लाखौमा १ जनालाइ हुने रहेछ। हाल बिरामीलाई  नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर (Nepal cancer hospital and research center) हरिसिद्दी ललितपुर आइसियु मा नै राखेर उपचार भैरहेको छ ।अहिले सम्म बिरामी को बुवा आमाले आफूसंग भएको २५ लाख सबै सकेर आफन्तले सहयोग गरेको २ लाख पनि सकिसकेको पिटि अनलाईन न्युजलाई जानकारी गराएको छ।

    akn 2.jpg
    शिक्षण पेशामा कार्यरत विरामीको बुवा गोपाल तामाङले आफ्नो जीवनभरको कमाई छोराको उपचाररतमा सकिसकेकोले अब आफु संग कुनै विकल्प नभएको हुदा छोरालाई बचाउन मनकारीमनहरुमा हार्दिक अनुरोध गरेको छन् ।
     तपाईं हाम्रो सानो सहयोगले वालक सिजनले पुनर्जीवन पाउछ भने किन सहयोग नगर्ने भनेर कतारमा कार्यरत मिनराज जिसी मिलनले ब्यक्तिगत ५ हजार  सहयोग गर्दै 
    सिजन मोक्तान तामाङ बचाउ अभियान सन्चालन गर्दै सहयोग गर्न आग्रह गरेका छन् । 


    देश तथा बिदेश बाट सहयोग गर्न चाहनुहुने मनकारीमनहरुले बिरामीको बुवा सग सम्पर्क गरि सहयोग गर्न सक्नु हुनेछ। सहयोग लागि IME गर्नको लागि तलको नाम र नम्बरमा गर्न सक्नु हुनेछ।
    Gopal Tamang. 
    Citizenship No. 142
    mobile no. - +9779808988160
    यदि सम्पर्क गरि बैंक खातामा सिधै जम्मा गर्नका निम्ति 
    Gopal Tamang 
    A/C no. - 3802954419952401
    NIC Asia bank dhangadh,i kailali ,Nepal

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology