Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

"मायाँमा जुठो चल्छ" तर झुठो चल्दैन

"मायाँमा जुठो चल्छ" तर झुठो चल्दैन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १२, २०७७ शुक्रवार • १८:५१:२९ बजे
  • 2.7K
    SHARES
  • "मायाँमा जुठो चल्छ" तर झुठो चल्दैन
    कमल (तिलक भण्डारी)   
    जसरी सृष्टिको पञ्चतत्व, अग्नी पृथ्वी पानी आकाश हावा बाट  निर्देशित भइ मानवले आफनो जीवन सहज तरीकाले अगाडी बढाएको हुन्छ । त्यसतै गाँस बास कपास र सहवास बिना मानिसले आफनो दैनिक अगाडी बढाउन असहज परिस्थिति पैदा हुन्छ । यि नै पञ्चतत्व र चार तत्व बिचको मिश्रणबाट नै जीवन पृथक र सुन्दर बनेको यथार्थ सबैले ग्रहण गर्नु पर्दछ  ।  नाना अन्न र छाना त जसो तसो ब्यबस्थापन भइरहेको थियो। हामी सबैको यि तिन चिजको ब्यबस्थापन पछि मानवलाइ अति प्रिय भोजन भनेको सहवास पनि प्रमुख हो । जीवको निरन्तरतको लागी र आत्म सन्तुष्टीको लागी यो नभइ नहुने प्रमुख उर्जा हो। उर्जा र कर्जा बिचको लाभ र हानीको बिषयमा हामी सबै सजग रहनुपर्ने आजको पहिलो प्राथामिकता हो ।

    आजभोली सामाजिक संजालमा सबै भन्दा धैरै खपत र बिज्ञापन पनि यहि बिषय भएको हामी सबैलाइ अबगत भएको तितो सत्य हो । मानिसले यो उपभोग गर्न नजानेर हो या यस्को दुरूपयोग भएको एक पटक हामी सबैले गहिरो मनन गनुपर्ने देखिन्छ । 
    एक जना नेपाल सरकारको बर्दिधारी  अर्को निजामति कर्मचारी बिच भएको यौन लिलाले अहिले सोसल साइटहरू एकदम गरम हावा खपत भएको देखिन्छ । दुबै जनाको सहमतिमा भएका सबै गतिबिधि किन अहिले पर्दाफास गनुपर्ने बाध्यता सिर्जित भयो त ? दुबै जनाको सहमतिमा  भएका बिषय बस्तुलाइ लिएर अहिले कानुनि उपचारको बाटो लिनु भनेको दुबैको चरित्रमा दाग लगाउने कार्य मात्रै होइन र  ? जब सहमति र सहकार्य र बिश्वास बाट मानिस च्युत हुन्छ तब सबै कुरा गाैण हुन्छन । 


    स्त्रीको गुप्ताङ्ग र गंगा नदीको जल कहिल्य पनि अशुद्र हुदैन भन्ने जानकारी नभएको हो की? जस्तो भान हुन्छ ! मायामा जुठो चल्छ तर झुठो चल्दैन भन्ने ज्ञानको कमी जस्तो देखिन्छ । किनभने जुन नारी पिडित भए भनेर सामाजिक संजाल र कानुनि सहायता खोजिएको खबर सम्प्रेषण भएको छ । त्यसकारण सहमतिमा भएका सबै बिषयलाई लिएर बाहिरा आउनु भन्दा दुइ बिचको सम्बन्धमा दरार पैदा भए पूर्ण बिराम लगाइ नयाँ बाटो लिनु नै दुबैको लागी सार्थक हुन्छ । घाम पछिको जुन र दिन पछि रात आउछ भनेर मनन गर्दा उपयुक्त माध्यम होला ।

    गत वर्षका घटनालाई  पनि लिन सकिन्छ काउलेगौंडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का (रवि)ले अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीको गाडीसहित कालीगण्डकीमा खसालेर हत्या गरेको थिए। सहमितमा सबै कार्य भयो अन्त्यमा पिडित महिला गर्ववति भएपछि बिबाहको प्रस्ताव राख्दा प्रेमी चलाकले आफनो सवारी साधनबाट घर भित्राउने बाहानमा खोलामा गाडी सहित हेलिए पछि  हत्यामा परिणत भयो ।  त्यसकारण सहमतिमा दरार पैदा भयो भने त्यसलाइ पूर्ण बिराम लगानु नै दुबैको लागी सुनमा सुगन्ध हुन्छ ।

    सहवासको नाममा कंलक मचाउने काम बन्देज गर्ने कि? चैतमा जसरी रूखको हाँगाबाट पात झरेपनि फेरी त्यो भन्दा पृथक र मौलाएर नयाँ पात र फलको सृजना गर्दछ त्यसरी नै एकपटक धोका भयो भनेर जीवनलाइ निराश र कानुनि ढोका र सामाजिक संजालमा खबर सम्प्रेषण गर्नु अर्को भुल होइन महाभूल हो । त्यसकारण विगतका समयलाई शिक्षाको रूपमा ग्रहण गरी अगाडीको जीवनलाई  पृथक र असल कार्यमा संग्लन गराउनु  नै उचित होला । एउटा पृथक गित पनि छ ! नेपाली हौउला हामी कसरी नेपालै नरहे? त्यसैले  हाम्रो जीवन नरहे कसरी अन्य बिषय रहला जीवन रहे सबै चिज उपल्बध हुन्छ । त्यसकारण माया प्रेमका बिषयमा सके सहमतिमा निरन्तरता  गरौ । सकिन्न पूर्ण बिराम लगाइ नयाँ बाटो तय गरौ त्यसैमा सबैको भलो होला ।

  • सम्बन्धित विषय:

  • # विचार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology