Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नबराज हत्याप्रकरणका अभियुक्तलाई एक लाख धरौटीमा छोड्न उच्च अदालतको आदेश

नबराज हत्याप्रकरणका अभियुक्तलाई एक लाख धरौटीमा छोड्न उच्च अदालतको आदेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०७७ शनिवार • १०:१२:१० बजे
  • 1.7K
    SHARES
  • नबराज हत्याप्रकरणका अभियुक्तलाई एक लाख धरौटीमा छोड्न उच्च अदालतको आदेश

    रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्त मध्येका ५ जनासँग उच्च अदालत सुर्खेतले जनही १-१ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

    images

    मुख्यन्यायाधीश नहकुल सुवेदीको एकल इजलासले बिहीबार घटनाका ३४ जना अभियुक्तमध्ये भीमबहादुर बुढा, डिल्ली घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, तुलाराम घर्ती र शौरभ पुनको हकमा १-१ लाख धरौटी माग गरेको हो ।

    यसअघि सोती घटनाका विषयमा तत्कालीन मुख्यन्यायाधीश कुमार चुडाल र न्यायाधीश सुदर्शनदेव भट्टबीच अभियुक्तमध्येका ६ जनालाई थुनामै राखेर कारवाही प्रक्रिया अघि बढाउने वा जमानत वा तारेखमा राख्ने सन्दर्भमा राय बाझिएको थियो ।

    असोज २५ गतेको संयुक्त इजलासमा तत्कालीन मुख्यन्यायाधीश चुडालले सर्वजीत भनिने सविन पुनसहित भीमबहादुर बुढा, डिल्ली घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, तुलाराम घर्ती र शौरभ पुनलाई साधारण तारेखमा छोड्नुपर्ने राय पेस गरेका थिए भने न्यायाधीश सुदर्शनदेव भट्टले उनीहरुलाई जिल्ला अदालत रुकुम पश्चिमले थुनामा राख्ने गरी गरेको आदेश सदर गर्नुपर्ने लिखित राय पेस गरेका थिए ।

    उच्च अदालत सुर्खेतका प्रवक्ता थिरेन्द्र सुवेदीले संयुक्त इजलासको राय बाँझिदा एकल इजलासमा पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेको बताउँदै मुख्यन्यायाधीशको एकल इजलासले ६ जनामध्येका १ सविन पुनलाई थुनामै राख्न र बाँकी ५ जनालाई धरौटीमा छोड्न आदेश दिएको जानकारी दिए ।

    सुवेदीका अनुसार सबै न्यायाधीशहरुको राय बाझिएकाले यो मुद्दालाई सर्वाेच्चमा पठाइने छ । मुख्यन्यायाधीश सुवेदीको एकल इजलासबाट अन्य ५ जनाले घटना हुँदाका बखत आफूहरु ढुंगा खानीमा काम गरिरहेको र घटनास्थलमा उपस्थित नभएको, उनीहरु अदालतमा स्वयं उपस्थित भई बयान दिएको र अन्य तत्काल प्राप्त प्रमाणबाटसमेत उनीहरु घटनास्थलमा थिए भन्ने पुष्टि नभएको आधारमा पछि ठहरे बमोजिम हुने गरी हाललाई जनही १–१ लाख धरौटीमा छोड्न आदेश भएको छ ।

  • सम्बन्धित विषय:

  • # जातिय बिभेद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology