Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु,मृतकको संख्या ३४ पुग्यो

नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु,मृतकको संख्या ३४ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २०, २०७७ शनिवार • १७:०१:२८ बजे
  • 970
    SHARES
  • नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु,मृतकको संख्या ३४ पुग्यो

    नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । रुपन्देही र गोरखाका एक-एक पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले रुपन्देहीको देबदहका ७५ वर्षीय पुरुषको असार १७ गते त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको स्वाबको रिपोर्ट १८ गते आएकोमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

    images

    यसैगरी कोरोना संक्रमणबाटै गोरखाको पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षिय पुरुषको पनि गएराति  मृत्यु भएको छ । असार १७ गते कतारबाट आएका उनी पालुङटारकै क्वारेन्टिनमा बसेका थिए । १८ गते स्वाव संकलन गरी कोरोना परीक्षण गरिएकोमा हिजो पोजेटिभ देखिएको थियो । निमोनियया र डाइबेटिजका दिर्घरोगी उनको गएराति मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । 

     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology