Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विशाल उल्का पिण्ड पृथ्वीसंग ठोक्किने सम्भावना छ त ?

विशाल उल्का पिण्ड पृथ्वीसंग ठोक्किने सम्भावना छ त ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १४, २०७७ आइतवार • १०:४७:१३ बजे
  • 2.5K
    SHARES
  • विशाल उल्का पिण्ड पृथ्वीसंग ठोक्किने सम्भावना छ त ?

    एजेन्सी । अमेरिकी अंतरिक्ष एजेन्सी नासाका अनुसार विशाल उल्का पिण्ड पृथ्वी तर्फ अघि बढिरहेको छ ।यो पिण्डको आकार विश्वकै सबैभन्दा अग्लो भवन दुबइको बुर्ज खलिफा जत्रो छ ।यो उल्का पिंड मिसाइलको गतिभन्दा पनि तिब्र रुपमा पृथ्वी तर्फ अघि बढिरहेको छ ।

    images

    हाल यसको गति ९० हजार किलोमिटर प्रतिघण्टा रहेको छ ।मिसाइलको गति सामान्यतया ४ हजार किलोमिटर प्रति घण्टा हुनेगर्छ ।नासाले जनाए अनुसार २९ नोभेम्बर अर्थात आइतबार (आज) राती उक्त उल्का पिण्ड पृथ्वीको नजिक आइपुग्ने छ ।

    यो उल्का पिण्डमाथी धेरै समयअघि देखि नजर राखेको नासाले जनाएको छ ।यो उल्का पिण्डलाई 2000 WO 107 नाम दिइएको छ ।यसको उचाई ८२० मिटर छ भने बुर्ज खलिफाको उचाई ८२९ मिटर रहेको छ ।पृथ्वीको निकै नजिक आउने भनिएको यो उल्का पिण्ड पृथ्वीसंग ठोक्किने सम्भावना नभएको नासाका वैज्ञानिकहरुलाई उद्धृत गर्दै द सनले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # विज्ञान/प्रविधि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology