म्याग्दी मंगला गाउँपलिका बाबियाचौर बाट सल्यान, भर्जुला जाने बाटोमा बोलेरो जिप दुर्घटना हुँदा १ जनाको घटनास्थलमा मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
००१ च ०२५२ नंको बोलेरो दुर्घटनामा ११ बर्षिया करिस्मा केसीको घटनास्थलमै मृत्यु भएको हो । मृतक केसी चालक खुमबहादुर कटुवालकी छोरी हुन् । दुर्घटनामा चालक सहित पाँचजनालाई थप उपचारका लागि बेनी अस्पतालतर्फ ल्याउँदै गरिएको छ।
दुर्घटनामा घाईते हुनेमा राजन केसी, सुकला केसी, सनिता क्षेत्री कृपा क्षेत्री रहेका छन् । घाईते लाई गाउँपालिकाको सवारीसाधन, ट्याक्सीमा बेनी तर्फ ल्याइएको छ ।

घटनास्थलमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोका सहित प्रहरीको टोली पुगेको छ । चालक कटुवालले आफ्नै परिवारका पाँच सदस्य सहित एक छिमेकीलाई लिएर घरतर्फ जादै गरेको अवस्थामा काफचौरको माथिल्लो घुम्तीबाट बोलेरो खसेको थियो । चालक कटुवालले तीन महिना अगाडी मात्रै बोलेरो किनेका थिए । घाईतेको शरीरका विभिन्न भागमा चोट लागेको छ ।