Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

"कृषि क्रान्ती" गर्ने सरकारको पालामा कृषि मलको हाहाकार

"कृषि क्रान्ती" गर्ने सरकारको पालामा कृषि मलको हाहाकार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १४, २०७७ आइतवार • १३:३५:१२ बजे
  • 2.3K
    SHARES
  • "कृषि क्रान्ती" गर्ने सरकारको पालामा कृषि मलको हाहाकार
    ठुलै तामझामका साथ कृषि क्रान्ति मार्फत देशमा उथलपुथल ल्याउने उद्घोष गरेका कृषि मन्त्री "घनश्याम भुषाल" अहिले आफैले बोलेका शब्द र गरेका वाचा पूरा गर्न नसक्दा लज्जित भएको हुनुपर्छ।

    बार्षिक ७ लाख मेट्रीक टन मलको माग हुने देशमा ७ महिना देखि मल आयात ठप्प हुँदा अवस्था झन विकराल बन्दैछ।धान रोप्दा हाल्न नपएको मल धान भित्र्याएर आलु,तोरि र गहुँ रोप्ने बेलासम्म पनि ज्युँको त्युँ छ।

    मल आयात गर्ने ठेक्का पाएको कृषि सामग्री संस्थान र साल्ट ट्र्डिङ कर्पोरेसन राजनीतिक आडमा ठेक्का हात पार्ने र मल माफियाको संरक्षक हो भन्दा अतियुक्ती नहोला। २ अर्व १७ करोडको ५० हजार मेट्रीक टन मल खरिद गर्ने ठेक्का पाएको प्रचण्डका घरपेटी सैलुङ कन्ट्रक्सनका मालिक सारदा प्रसाद अधिकारीले मल भित्र्याउन नसक्दा धरौटी बापतको ५ करोड जफत भएको छ।

    कृषि-मल बीउ-बिजन कीट-नाशक औषधि समय मै उपलब्ध गराउन नसक्ने सरकारले ।मुस्किलले उब्जाएको अन्नबालिको समेत उचित मूल्य दिन सकेन ।
    बिचौलिया र माफिया पोसेर किसान मार्ने बैज्ञानिक रणनीतिको नाम नै कृषि क्रान्ति पो होकि ?
    प्रश्न नउब्जिएको होईन।

    लज्जास्पद परिस्थिति उब्जिए पछि कृषि मन्त्री घनश्याम भुषाल प्रधानमन्त्री केपि शर्मा ओलिलाई भेट्न जाँदा।
    प्रधानमन्त्रीले बंगलादेशका प्रधानमन्त्री "शेख हशिना" लाई सिधै फोन गरेर तत्काल ५० हजार मेट्रीक टन मल सापटी दिन आग्रह गरे तर शेख हसिनाले पत्याईनन।
    लाने नै भए सापटी होईन किनेर लानुस भन्ने प्रष्ट अभिव्यक्तिले अन्तर्राष्ट्रिय स्तरमामा नेपालको मगन्ते संस्कार सार्वजनिक हुँदा लाजले भुतुक्क भएको हुनुपर्छ।

    जुट, चिनी र चुरोट मिल बन्द गर्न बाध्य पारेर भारतमुखी बनेका बहुदलीय दलहरुले कृषिमल कारखाना खोल्ने अध्यान कार्यदल गठनले झन लोक हँसायो।

    भारतीय तरकारी निरुत्साहित पार्दै, कृषिमा लगानी किसान मैत्री नभए सम्म नत कृषिप्रधान देश रहन्छ नत कृषि क्रान्ती नै सफल हुन्छ।
    जय कृषि। जय किसान।

    रामचन्द्र तिम्सिना 
      (आवाज)

  • सम्बन्धित विषय:

  • # विचार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology