Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पहिरो अपडेट : ६ जनाको शव भेटियो, एक जना अझै बेपत्ता

पहिरो अपडेट : ६ जनाको शव भेटियो, एक जना अझै बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २०, २०७७ शनिवार • १७:३८:१८ बजे
  • 1.9K
    SHARES
  • पहिरो अपडेट : ६ जनाको शव भेटियो, एक जना अझै बेपत्ता

    बझाङमा गएराति पहिरोले डेढ दर्जन घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको छ। बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको वडाध्यक्ष गणेश बोहराले बताए। अहिलेसम्म छ जनाको शव भेटिएको छ’, नेपालखबरसँग कुरा गर्दै वडाध्यक्ष बोहराले भने, ‘अझै एक जना बेपत्ता बेपत्ता हुनुहुन्छ।’ वडाध्यक्ष बोहरका अनुसार पहिरोले पुरिएर ४४ वर्षीय राममती देवी जेठारा, उनका १२ वर्षीय छोरा प्रयाग जेठारा, १३ वर्षीया छोरी अस्मीता जेठारा, दले जेठारा, १५ वर्षीय सन्तु जेठारा र १५ वर्षीय शान्ति जेठाराको शव भेटिएको छ। २२ वर्षीय गिरी जेठाराको अवस्था अज्ञात रहेको वडाध्यक्ष बोहराले बताए।

    images

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology