Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बलात्कार घटना एक तोला सुनमा मिलापत्र गराउने वडाध्यक्षसहित ६ जना पक्राउ

बलात्कार घटना एक तोला सुनमा मिलापत्र गराउने वडाध्यक्षसहित ६ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १४, २०७७ आइतवार • १७:२७:३९ बजे
  • 2.2K
    SHARES
  • बलात्कार घटना एक तोला सुनमा मिलापत्र गराउने वडाध्यक्षसहित ६ जना पक्राउ

    बैतडीमा बलात्कारको घटना गाउँमै मिलाएको आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन्। घटना भएको साढे पाँच महिनापछि उक्त घटनालाई एक तोला सुनमा मिलाउने वडाध्यक्षसहित ६ जनालाई बैतडी प्रहरीले पक्राउ गरेको हो।

    images

    बैतडीको सिगास गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्षसहित ६ जनालाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

    गत जेठ २३ गते बैतडीको सिगास गाउँपालिका वडा नम्बर तीनकी १८ बर्षीया किशोरीलाई सोही वडाका दीपक सिंह धामीले पानी लिन गएको मौकामा बलात्कार गरेको ती किशोरीले बताएकी छन्। उक्त घटनापछि गाउँमा थाहा भयो र गाउँमै मिलाइयो। आफू र आफ्नो परिवारलाई जबरजस्ती तमसुक बनाएर औँठा छाप र हस्ताक्षर गर्न लगाएको ती किशोरीको आरोप छ।

    वडाध्यक्षसहितको मिलेमतोमा बलात्कारको घटनालाई झैझगडा भएको भनी तमसुक बनाएर असोज ३० गतेभित्र एक तोला सुन दिने गरी मिलाइयो। तर घटनापछि आरोपी युवक गाउँबाट फरार भए र किशोरीले पाउने भनेको सुन पाइनन्। अहिले उक्त घटना बाहिर आएको छ।

    घटना बाहिरिएपछि बैतडी प्रहरीले घटना मिलाउने ६ जनालाई पक्राउन गरिसकेको छ। मङ्सिर ११ गते जिल्ला प्रहरी कार्यालय बैतडीमा पीडित किशोरीले जाहेरी दिएपछि घटना मिलाउने २ जनालाई प्रहरीले सोही दिन पक्राउ गरिसकेको थियो। वडाध्यक्ष शेरसिंह साउँद सहितका अन्य ४ जनालाई भने प्रहरीले आइतबार पक्राउ गरेको हो।

    घटना मिलाएको आरोपमा अन्य पक्राउ पर्नेमा वडा नम्बर ३ कै राजेन्द्र धामी, नरेन्द्र धामी, गोपाल धामी, मनोज सिंह धामी र अमर धामी रहेका डीएसपी अधिकारीले बताए। बलात्कारमा संलग्न भनिएका स्थानीय दीपक सिह धामी भने अहिले फरार छन्।

    बैतडी प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको र फरार रहेका धामीको खोजी भइरहेको जनाएको छ।

  • सम्बन्धित विषय:

  • # जातिय बिभेद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology