Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बढी भ्रष्टाचार भईरहेको भनी ट्रान्सपरेन्सी इन्टरनेश्नलको प्रतिवेदन सरकारद्धारा अस्वीकार

बढी भ्रष्टाचार भईरहेको भनी ट्रान्सपरेन्सी इन्टरनेश्नलको प्रतिवेदन सरकारद्धारा अस्वीकार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १४, २०७७ आइतवार • १९:३७:२९ बजे
  • 1.5K
    SHARES
  • बढी भ्रष्टाचार भईरहेको भनी ट्रान्सपरेन्सी इन्टरनेश्नलको प्रतिवेदन सरकारद्धारा अस्वीकार

    सरकारले नेपालमा बढी भ्रष्टाचार भईरहेको भनी ट्रान्सपरेन्सी इन्टरनेश्नलको प्रतिवेदन अस्वीकार गरेको छ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस विज्ञप्ति जारी गर्दै प्रतिवेदन अस्वीकार गरेको जानकारी गराएको छ ।
    सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै जारी गरेको प्रतिवेदनलाई आधारहीन, खोज अनुसन्धान नगरी आएको र सत्तारुढ दललाई बदनाम गराउने मनोगत उद्देश्यले आएको सरकारको दाबी छ ।

    नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता संचार मन्त्री पार्वत गुरुङले जम्मा एक हजार मान्छेसँग फोनमा गरिएको सर्वेक्षणका आधारमा नेपालमा भ्रष्टाचार बढेको भनेर सरकार र सत्तारुढ दललाई बदनाम गरिएको दावी गरे ।

    images

    तीन करोड जनता रहेकोमा एक हजार जनामा फोनबाट सर्वेक्षण गरिएको छ । जुन थोरै हो । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका रहेका व्यक्तिहरू राजनीतिक छन् । राजनीतिक पूर्वाग्रहबाट तयार पारिएको प्रतिवेदन हो,मन्त्री गुरुङले भने । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका प्रमुख पनि चिनिएको राजनीतिक व्यक्ति भएकोले पनि यो प्रतिवेदनलाई खारेज गरिएको गुरुगंले भने ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology