मोरङको विराटनगरमा एम्बुलेन्स दुर्घटना हुँदा एकजना बिरामीको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कञ्चनबारीमा रोकेर राखेको भारतीय लहरीमा गएराति करिब १ बजे एम्बुलेन्स ठोक्किँदा सप्तरीको तिलाठी कोइलाडी–२ का ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा ज्यान गएको हो ।
स १ च ११२२ नम्बरको एम्बुलेन्स सडकमा रोकेर राखेको एनएल ०१ एल ०३३६ नम्बरको भारतीय लहरीमा पछाडिबाट ठोक्किएको थियो ।
दुर्घटनामा तिलाठी कोइलाडीकै ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते भएका छन् । उनीहरुको नोबेल अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स चालक हरिनारायण यादव फरार छन् । लहरीका चालक पनि फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।