Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्री ओलीको पनि अव टिकटकमा,३१३० जनाले फलो गरे

प्रधानमन्त्री ओलीको पनि अव टिकटकमा,३१३० जनाले फलो गरे

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १५, २०७७ सोमवार • १४:४६:३५ बजे
  • 2.2K
    SHARES
  • प्रधानमन्त्री ओलीको पनि अव टिकटकमा,३१३० जनाले फलो गरे
    प्रधानमन्त्री केपी शर्मा ओलीको नामबाट भिडियो सेयरिङ एप टिकटक खोलिएको छ। आइतबार बनाइएको उनको अफिसियल अकाउन्ट भेरिफाइड समेत भइसकेको छ।

    प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामकृष्ण बजगाईंले ओलीको अकाउन्ट आधिकारिक भएको जानकारी दिए। उनले भने, ‘टिकटक आइडि बनाएर अकाउन्ट भेरिफाइड गर्नलाई पठाइएको थियो भेरिफाइडसमेत भइसकेको छ।’

    अहिलेसम्म ओलीको आधिकारिक अकाउन्टमा एउटा भिडियो मात्रै अपलोड गरिएको छ । यो समाचार तयार पार्दासम्म भिडियोको भ्युज झण्डै १ लाख ९४ हजार, १४ हजारभन्दा बढी लाइक आइसकेको छ। हाल ३१३० जनाले फलो गरेका छन्।

    ‘डिजिटलाइज्ड युगको सुरुआत’
    केही दिन अगाडि ओलीले एक कार्यक्रममा कोभिड–१९ महामारीबीच डिजिटल प्रविधि उल्लेख्य विकास भएको बताएका थिए। कोभिड–१९ ले प्रत्येक सर्वसाधारणबीच दूरी बढाइदिएको समयमा डिजिटल कमर्स, डिजिटल पेमेन्टलगायत प्रविधिले एकआपसलाई जोड्ने प्रयास गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।

  • सम्बन्धित विषय:

  • # टिकटक
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology